नेपालले साफ यू–१७ च्याम्पियनसिपको फाइनल प्रवेशको लागि साबिक विजेता भारतसँग खेल्ने निश्चित भएको छ ।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई ३–२ ले पराजित गरेसँगै नेपालले आफ्नो प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो । भारत समूहका अन्य खेलमा माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराउँदै ९ अंकसहित अपराजित रहँदै समूह विजेता बनेको छ ।
नेपाल समूह ‘ए’ को उपविजेता हो । घरेलु टोली श्रीलंकालाई २–० ले हराएको नेपाल दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भएको थियो । अन्तिम खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले हराएपछि नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सेमिफाइनलमा नेपाल र भारत बिहीबार भिड्नेछन् । सोही दिन समूह ‘बी’ का बंगलादेश र पाकिस्तानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।