पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फ्रान्सेली स्टार उस्मान डेम्बेलेले पहिलोपटक प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।
२८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप दिलाउन ५३ खेलमा ३५ गोल र १४ असिस्टसहित उल्लेखनीय योगदान दिएका थिए ।
लिग वानमा २१ गोलसहित संयुक्त शीर्ष स्कोरर बनेका उनले च्याम्पियन्स लिग र लिग वान दुवैको ‘प्लेयर अफ द इयर’ उपाधि पनि जिते । यससँगै उनी यो अवार्ड जित्ने छैटौँ फ्रेन्च खेलाडी बने ।
महिलातर्फ बार्सिलोनाकी आइताना बोनमातीले लगातार तेस्रोपटक बालोन डि’ओर जित्दै इतिहास रचिन् । उनले यसअघि २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन् ।
अन्य विधामा पिएसजी प्रशिक्षक लुइस एनरिके ‘कोच अफ द इयर’, बार्सिलोनाका १८ वर्षीय लामिन यामल ‘कोपा ट्रफी’, आर्सनलका भिक्टर ग्योकेरेस ‘गर्ड मुलर ट्रफी’ र पिएसजी गोलकिपर जियानलुइजी डोनारुम्मा दोस्रोपटक ‘यासिन ट्रफी’ विजेता बने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।