नयाँदिल्ली– बलिउड अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहारको आरोपमा सफाइ पाएका छन् । अभिनेत्री तनुश्री दत्ताले गतवर्ष उनीविरुद्ध यौनहिंसाको आरोप लगाएकी थिइन् ।
उनले पाटेकरले आफूलाई सुटिङका क्रममा गलत तरिकाले छोएको आरोप लगाएकी थिइन् । यस विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानबाट पाटेकर निर्दोष साबित भएका छन् ।
पाटेकरले यौनदुर्व्यवहार गरेको कुनै प्रमाण नभेटिएको भन्दै प्रहरीले उनलाई सफाइ दिएको हो । प्रहरीले सफाइ दिएपछि तनुश्रीको आरोप मिथ्या साबित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।