देशको सुन बजार निरन्तर उकालो लागिरहेको छ । मंगलबार एकै दिनमा तोलामा ३ हजार ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार कायम भएको दर पनि त्यतिबेला ऐतिहासिक मानिएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २ हजार ६६० रुपैयाँ कायम भएको चाँदी मंगलबार २० रुपैयाँले बढ्दै २ हजार ६८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।