नेपाली महिला राष्ट्रिय फुटबल टोलीले डिसेम्बरमा थ्री नेसन्स इन्टरनेशनल फ्रेण्डली सिरिज खेल्ने भएको छ । यो सिरिजमा नेपालले इन्डोनेसिया र चाइनिज ताइपेईको सामना गर्नेछ ।
खेल इन्डोनेसियामा आयोजना हुनेछन् । प्रतियोगितामा नेपालले २६ नोभेम्बरमा इन्डोनेसिया तथा २ डिसेम्बरमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
फ्रेण्डली सिरिजमा सहभागी हुँदै नेपाली टोलीले आगामी प्रतियोगिताका लागि रणनीति परीक्षण गर्ने र खेलाडीको क्षमता मूल्याङ्कन गर्ने अवसर पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।