काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषधविरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।
मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको हो । दिवस नेपालसहित विश्वभर मनाइन्छ ।
लागुऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेको भन्दै प्रत्येक विद्यालयमा इकाइ गठन गर्न थालिएको उनले जानकारी दिए । सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।