छुटे प्रनेश गौतम

काठमाडौँ– युट्युवर प्रनेश गौतम हाजिरी जमानीमा प्रहरीबाट छुटेका छन् । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको जानकारी दिए ।

उनले भने, ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले रिहा गरी हाजिरी जमानीमा छाडेका छौं।' 

हाजिरी जमानीमा छुटेका प्रनेशले अब प्रहरीकोमा तारिख धाउनुपर्नेछ । प्रहरीको अपराध महाशाखाले गौतमलाई फिल्म वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीपछि नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार ११:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया