१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

मुग्लिन-नारायणगढ सडक तत्काल नखुल्ने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

मंगलबार साँझ तुइनखोला पुलनजिकै ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । तत्काल सडक सञ्चालनमा आउने सम्भावना नदेखिएकाले सवारीसाधन र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न चितवन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।


प्रशासनले मंगलबार राति सार्वजनिक सूचना जारी गर्दै बर्दिबास (महोत्तरी), हेटौंडा (मकवानपुर), बुटवल (रुपन्देही), कावासोती–गैँडाकोट (नवलपरासी बर्दघाट सुस्तापूर्व), नौबिसे (धादिङ) तथा खैरेनीटार (तनहुँ) हुँदै यात्रा गर्न सल्लाह दिएको हो ।



सूचनामा भनिएको छ, ‘जोखिम मोलेर यात्रा नगर्नुहोस् । ज्यान बचाऔँ, यात्रा पछि गरौँला । घुमेरै यात्रा गरौँ, बाटो खुल्ने आशामा आफैंलाई हैरानीमा नपरौँ । तत्कालका लागि यो बाध्यात्मक विकल्प हो । सडक सुचारु बनाउन निरन्तर प्रयास भइरहेको छ र आवागमन सम्भव भएपछि पुनः सूचना जारी गरिनेछ ।’

यात्रासम्बन्धी थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) सँग सम्पर्क गर्न सकिने जनाइएको छ ।





  • प्रकाशित मिति : ७ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया