शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्रालयको काममा पूर्णतः समर्पित हुनुपर्ने भएकाले केही दिन फोन नगर्न र सन्देश नपठाउन आग्रह गरेका छन् ।
मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सन्देशमा भनेका छन्, ‘अस्तिदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सअपमा हजारौं कल र म्यासेज आइरहेका छन् । म अहिले मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्नुहोस् र मेसेज पनि नपठाउनुहोस् ।’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षामन्त्रीमा नियुक्त भएका थिए । मन्त्री बनेलगत्तै उनले औपचारिकताभन्दा बढी कार्यक्षमता र परिणाममुखी गतिविधिलाई प्राथमिकता दिने संकेत दिएका छन् ।
उनको मागअनुसार मन्त्रालयभित्रै बस्ने र खाने व्यवस्था मिलाइएको छ । पुनले आफू बस्ने कोठालाई पाँचतारे होटल सरह सुव्यवस्थित र आरामदायी भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।