२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

एसिया कपमा आज भारत र बंगलादेश भिड्दै, दुवै टिम दोस्रो जितको खोजीमा

यूएईमा जारी एसिया कप टी–२० प्रतियोगिताको सुपर फोरमा आज भारत र बंगलादेश खेल्ने भएका छन् ।


यी दुई टिमबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ । आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ । 



भारत र बंगलादेशले आफ्नो पहिलो खेलमा जित निकालेका थिए । यस्तै, गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हराउँदै सुपर फोरको सम्भावना जीवित राख्यो । 

श्रीलंका भने सुपर फोरमा अंकविहीन छ । श्रीलंकाले अन्तिम खेलमा भारतको सामना गर्नेछ ।  



आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन् ।

सुपर फोरका शीर्ष दुईवटा टिमले २८ सेप्टेम्बरमा फाइनल खेल्ने छन् । 



  • प्रकाशित मिति : ८ असोज, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया