असार १ गते उपत्यकाभित्रका निजी विद्यालय बन्द हुने

काठमाडौँ– असार १ गते आइतबार काठमाडौँ उपत्यकाभित्र रहेका निजी विद्यालयहरू बन्द हुने भएका छन् । कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल,गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष र काठमाडौँ एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधनमा शोक विदा गरिने भएको हो ।

काठमाडौँ प्याब्सनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँकाका अध्यक्ष विष्णुप्रसाद पराजुलीद्वारा जारी विशेष विज्ञप्तिमा भनिएको छ– 'श्रद्धेय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न असार १ गते आइतबार काठमाडौँ जिल्ला अन्तर्गत रहेका सम्पूर्ण निजी विद्यालयहरूमा शोक विदा दिइएको जानकारी गराउँदै अन्य सम्बन्धित सबै विद्यालय, संघसंस्थाहरूलाई पनि यस दुःखद् घडीमा साथ दिन विशेष अपिल गर्दछौं ।’ 

लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न गुरुङको  बिहीबार (जेठ ३०) मा निधन भएको थियो ।

 त्यसैगरी काठमाडौँ प्याब्सन र एनप्याब्सनले पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति 


 





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १३:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया