कप्तान लियोन मेस्सीको सानदार प्रदर्शनको मद्दतमा इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क सिटीविरुद्ध ४–० को सानदार जित निकालेको छ ।
बिहीबार राति सिटी फिल्डमा भएको खेलमा पाहुना टोली मियामीका लागि मेस्सीले दुई तथा बाल्टासर रोड्रिग्वेज र लुइस स्वारेजले एक/एक गोल गरे ।

खेलको ४३औँ मिनेटमा रोड्रिग्वेजले गोल गर्दै मियामीलाई अग्रता दिलाए । दोस्रो हाफमा मियामी अझ प्रभावशाली बनेर अघि बढ्यो । ७४औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाउँदै आफ्नो पहिलो गोल गरे ।
८३औँ मिनेटमा स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै अन्तर ३–० पुर्याए । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेका थिए, जसले मियामीलाई ४–० को सानदार जित दिलायो ।

यस जितसँगै इन्टर मियामीले २९ खेलबाट ५५ अंक जोड्दै इस्टर्न कन्फरेन्सको तेस्रो स्थानमा उक्लिएको छ । ३१ खेल खेलेको न्युयोर्क सिटी ५३ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।