काठमाडौँ– महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई सत्रहजार बराबरको कृषि सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा नौकुण्ड गाउँपालिका उपप्रमुख सिर्जना लामा, वडाध्यक्ष शुक्रमान पाख्रीन लगायत सहजीकरण समितिका सदस्यहरूको उपस्थितिमा रहेको थियो ।महिलाहरुलाई सामग्री वितरण गर्नुअघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरूको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो ।
वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप, हजारी, प्रिङ कल, थोपा सिञ्चाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारिक मल, सुतली डोरी, सेतो प्लाष्टीक, ड्रम, कोको फिट, नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउ विजनहरूको वितरण गरिएको थियो ।
पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरूको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उपप्रमुख लामाले बताए ।
यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरूको व्यवहारत लागू गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागू गरी व्यवसायी बन्न र आफ्नो जीवनस्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।