नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला तोलाको एक हजार ७ सयले घटेको हो ।
बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको दुई हजार ७ सयमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।