पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । काठमाडौंको बाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा लिएर काम नगरेको समितिको आरोप छ । 

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको, तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सब–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको समितिको निष्कर्ष छ ।

पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावना देखिएकाले त्यस्ता संरचनाको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन दिएको छ । समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ।

समितिले काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने तथा आवश्यकताअनुसार प्राविधिक परीक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने समितिको निर्देशन छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १४:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया