१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ । एन्फाले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि जिम्मेवारी दिएको हो । 


न्यौपानेलाई आज एन्फा कम्प्लेक्समा महासचिव किरण राईले औपचारिकरूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। हालै सम्पन्न एएफसी यू–२३ एशियन कप छनोट प्रतियोगितामा पनि न्यौपाने नेपाली टोलीका मुख्य प्रशिक्षक थिए ।



प्रशिक्षक न्यौपानेलाई सहकार्यका लागि एन्फाले भगवती थापा र राजकुमार केसीलाई सहायक प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । साथै, महिला राष्ट्रिय टोली व्यवस्थापनमा बिन्द्रा देवान (टिम म्यानेजर), शिला गिरी (फिजियोथेरापिस्ट) र विकास गुरुङ (किट म्यानेजर) यथावत् रहनेछन् ।

यसअघि, एएफसी महिला एशियन कप छनोटका लागि नियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले प्रतियोगितापछि पदबाट राजीनामा दिएसँगै महिला राष्ट्रिय टोली प्रशिक्षकविहीन बनेको थियो ।  





  • प्रकाशित मिति : ९ असोज, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया