सरकारको रवैयाका कारण संविधानप्रति अनास्था बढ्ने चिन्ता : प्रदीप पौडेल

मकवानपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले ल्याएको गुठी विधेयकको विरोध गरेका छन् । शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा नेता पौडेलले सरकारले गुठी विधेयक ल्याएरगणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनामा गम्भीर कुठाराघात गरेको आरोप लगाए । 

गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भन्दै उनले तत्काल सो विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण समेत गराए । पौडेलले भने, ‘गुठी विधेयकविरुद्धको आन्दोलनले सरकार नै त ढल्ला, तर सरकारको गलत रवैयाका कारण संविधानप्रति बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ ।’ 

दुईतिहाइको वर्तमान सरकार दिन–प्रतिदिन निरिह हुँदै गएको टिप्पणी गर्दै उनले सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौती दिए । गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको प्रतिवाद गर्दै पौडेलले विगतका घटनाक्रम स्मरण गर्न सुझाब दिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १४:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया