चितवन पुगेर नेकपाका नेताले दिए पौडेललाई श्रद्धाञ्जली

काठमाडौँ– पूर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटि सदस्य धनिराम पौडेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘वादल’, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन लगायतका नेताहरूले श्रद्धाञ्जली दिएका छन् । 

शुक्रबार बिहाना निधन भएका पौडेलको पार्थिव शरीरमाथि चितवन पुगेर पुष्पगुच्छा, फूलमाला, अविर र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् । 

अध्यक्ष प्रचण्डसहितका नेताहरूले पौडेलले नेपाली राजनीतिमा पुर्याएको योगदानलाई स्मरण गरे । नेता पौडेलको निधनले नेकपा पार्टी र देशलाई ठूलो क्षति पुगेको नेताहरूले बताए । 

वास्तविक नाम धनिराम पौडेल भए पनि राजनीतिमा डिआर पौडेलको नामले परिचित थिए । स्वर्गीय पौडेलको श्रीमति गंगा, छोरीहरू जागृति र आकृति छन् । 

नेकपाका विभिन्न नेताहरू सामाजिक सञ्जालमार्फत् पौडेललाई श्रद्धाञ्जली दिएका छन् । 





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १५:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया