१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

जोर्डन प्रिमियर लिगमा प्रीति राईआवद्ध अल–इत्तिहादको पहिलो जित

रोजबहान फ्राइजको निर्णायक गोलसँगै नेपाली मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहादले जोर्डन प्रिमियर लिगमा पहिलो जित हासिल गरेको छ ।


किङ अब्दुल्लाह गार्डेन रंगशालामा बिहीबार राति सम्पन्न दोस्रो खेलमा इत्तिहादले निशामी फ्युचरलाई १–० ले पराजित गर्‍यो । यसअघि अर्थोडक्सविरुद्धको पहिलो खेल १–१ को बराबरीमा रोकिएको थियो ।



दोस्रो खेलमा तीन अंक जोड्दै इत्तिहाद ४ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो । खेलको सुरुदेखि नै इत्तिहादले बलमा पकड जमायो ।

३०औं मिनेटमा फ्राइजले दुईपटकको प्रयासपछि गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।



दोस्रो हाफमा पनि इत्तिहादले आक्रमण जारी राख्यो । यस क्रममा क्यानाडा टिटीले लीना साहिबलाई प्रतिस्थापन गरिन् ।

निरन्तर दबाब सिर्जना गरे पनि थप गोल निकाल्न नसकेपछि फ्राइजको पहिलो हाफको गोल नै निर्णायक बन्न पुग्यो । 

अब इत्तिहादले नोभेम्बर ४ मा स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे इन्डिपेन्डेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।



  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया