२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

ला लिगामा बार्सिलोनाको सानदार पुनरागमन जित

बार्सिलोनाले गोलकिपर जोआन गार्सियाको ठूलो गल्तीलाई पन्छाउँदै स्पेनिस ला लिगामा नवप्रवेशी ओभिएदोविरुद्ध ३–१ को जित निकालेको छ ।


बिहीबार राति भएको खेलमा गार्सियाले ३३औं मिनेटमा पेनाल्टी क्षेत्र छाडेर अगाडि बढ्दा बल गुमाए । त्यसैको फाइदा उठाउँदै घरेलु टोलीका अल्बर्टो रेइनाले करिब ३५ मिटर टाढाबाट शानदार प्रहार मार्फत गोल गर्दै ओभिएदोलाई अग्रता दिलाए । तर, दोस्रो हाफमा बार्सिलोना पूर्णरूपमा खेलमा फर्कियो । 



५६औं मिनेटमा एरिक गार्सियाले बराबरी गोल गरे । त्यसपछि ७०औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले टोलीलाई अग्रता दिलाए भने ८८औं मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै जितलाई ३–१ मा पक्का गरे । 

यससँगै क्याटलान क्लबले ६ खेलमा पाँचौं जित हात पार्दै १६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लियो ।



शीर्ष स्थानमा रहेको रियल मड्रिड भने दुई अंकले अगाडि छ । रियलले मंगलबार लेभान्टेलाई ४–१ ले पराजित गर्दै लगातार छैटौँ जित निकालेको थियो ।



  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया