सरकारले आउँदो दसैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै हवाई भाडा नबढाउन सबै सेवा प्रदायकलाई आग्रह गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चाडपर्वको अवसर पारेर यात्रुहरूलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले सेवा प्रदायकहरूलाई हवाई भाडा यथावत् राख्न आग्रह गरिएको जानकारी दिए ।
‘देशको वर्तमान आर्थिक अवस्था र आम नागरिकको पहुँचलाई ध्यानमा राख्दै, सरकारले तोकेको अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सबै निकायलाई भनिएको छ,’ उनले भने ।
प्राधिकरणका अनुसार हवाई टिकटको न्यूनतमदेखि अधिकतम भाडादर कानूनअनुसार निर्धारण गरिएको छ । सेवा प्रदायकहरूले अधिकतम सीमा ननाघ्ने गरी यात्रुहरूलाई सहज मूल्यमा सेवा दिनुपर्ने व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।