मनीष राउत ‘प्रेम गीत ३’को नायकमा फाइनल

काठमाडौं– चलचित्र ‘प्रेम गीत ३’को निर्माण टिमले सो फिल्मको नायकमा मनीष राउतलाई फाइनल गरेको छ ।  नायिकाको लागि भने अडिसन जारी राखेको छ । 

यसअघि केही सर्ट फिल्ममा काम गरिसकेका मनीषले नेपालको चलचित्र कलेज अस्कर इन्टरनेसलमा अभिनय अध्ययन गरेका हुन् । आसुसेन फिल्म्स् प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा सन्तोष सेनको निर्देशन रहनेछ ।

मनीषलाई चलचित्रमा नायकको रुपमा इन्ट्री गराएसँगै निर्माण टिमले उनको फिल्म पोस्टरसमेत सार्वजनिक गरेको छ । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिज चैत २८ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । 

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बन्न लागेको यस चलचित्र सन्तोष सेन र विजय चाम्लिङ मिलेर निर्माण गर्दै छन् भने लेखन छेतेन गुरुङ र मन्दीप गौतमको हो । 





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १५:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया