२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

डेडिकेटेड र ट्रंकलाइनको २५ अर्ब बक्यौता असुल गर्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
फाइल तस्बिर

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिइएको विद्युत् सेवाको बक्यौता रकम असुल गर्ने निर्णय गरेको छ ।


शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बक्यौता उठाउने निर्णय लिएको हो । प्राधिकरणका अनुसार उद्योग र सार्वजनिक निकायहरूबाट करिब २५ अर्ब रुपैयाँ बराबरको बक्यौता रकम असुली गर्न बाँकी छ, जसमा जरिवाना पनि समावेश छ । 



यसअघि गठन गरिएको पुनरवलोकन समितिले उद्योगी–व्यवसायीको दाबीलाई अस्वीकार गर्दै बक्यौता तिर्नुपर्ने ठहर गरिसकेको थियो । त्यसकै आधारमा प्राधिकरणले बक्यौता असुलीको प्रक्रिया अघि बढाएको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार बक्यौता असुली गर्ने निर्णयलाई वैधानिक प्रक्रिया अनुसार अघि बढाइनेछ ।



अन्तरिम सरकार गठनपछि ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्रालयको पहिलो निर्णयकै रूपमा बक्यौता असुलीको प्रक्रिया अगाडि बढाएका हुन् ।

घिसिङ पूर्वप्रमुख कार्यकारी अधिकृतका रूपमा पनि प्राधिकरणमा काम गरिसकेका छन् । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको अध्यक्षता ऊर्जामन्त्रीले गर्छन् ।



  • प्रकाशित मिति : १० असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया