२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

ऐतिहासिक टी-२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदै छ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल युएईको दुबईस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुने भएको हो । 


वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।



वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आइसिसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदै छ ।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम रहेका छन् ।





  • प्रकाशित मिति : ११ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया