विश्वास नेपालको प्रस्तुतिमा समय सान्दर्भिक दसैँ-तिहार गीत ‘मेरो परदेशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोले दर्शकलाई मनोरञ्जन, रमाइलो संवाद र आकर्षक कोरियोग्राफीको मिश्रण प्रस्तुत गरेको छ ।
गीतमा स्वर विश्वास नेपाल र रंजिता विश्वकर्माको रहेको छ । यस्तै, गीतमा शब्द रचना राजेश नेपाल वविनको रहेको छ । संगीत स्वयं वविनले दिएका छन् । भिडियोलाई जेरी भण्डारीले निर्देशन र कोरियोग्राफी गरेकी छन् । यस्तै, छायांकन दीपक गिरीले गरेका छन् ।
भिडियोमा मोडल रोजिना श्रेष्ठ र सुरज विश्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ । लोकप्रिय अनुहारको सहभागिताले भिडियोलाई अझ रोचक र दर्शनीय बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।