क्यानडा लैजाने प्रलोभन देखाई किड्नी झिक्न खोज्ने पक्राउ

काठमाडौं– मानव बेचविखन तथा ओसार पसारको अभियोगममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नुवाकोट मेघाङ गाउँपालिका वडा नम्बर ५ घर भएका योगेश सापकोटालाई नियन्त्रणमा लिएको हो ।

अभियुक्त सापकोटोले क्यानडामा राम्रो तलब हुने भन्दै पीडितलाई प्रलोभनमा पारी भारत पुर्याएर लुटपाट गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । उनले एक व्यक्तिलाई ५ फेब्रुअरी २०१९ मा क्यानडा लग्ने भन्दै भारतको नयाँदिल्ली लगेका थिए । भारतमा पुगेपछि अन्य भारतीय नागरिक समेतले केही रकम देखाउनुपरेको भन्दै २२ हजार रुपैयाँ मगाउन पीडितलाई दबाब दिएका थिए ।

नवीनले क्यानडा जाने आशमा नेपालमा रहेका बुबा आमालाई फोन गरेर रकम मगाएका थिए । पैसा लिएर नवीनका आमाबुबा १२ फेब्रुअरी २०१९ मा भारतको नयाँदिल्ली पुगेपछि पीडितलाई क्यानडा जान भनी इन्दिरा गान्धी एअरपोर्ट र बाबु र मामालाई गुडगाउँस्थित होटलमा लगी बेहोस पारी किड्नी झिक्ने प्रयास गरेको प्रहरीको दाबी छ । परिवारले जाहेरी दिएपछि योगेश प्रहरीको फन्दामा परेका हुन् ।

क्यानडा जाने एरपोर्टमा पगेका नवीन अलपत्र परेपछि बाबु र मामा खोज्दै गुडगाउँस्थित होटल पुगेका थिए । उनीहरुले बेहोस बनाएर नगद लुटपाट गरी किड्नीसमेत झिक्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७६ शुक्रबार १८:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया