२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

विषाक्त मदिरा सेवनबाट रुसमा २५ जनाको मृत्यु

चालु महिनामा पश्चिमी रुसमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरूको संख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् ।


अनुसन्धानकर्ताहरूले ६ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले मेथनोलको उच्च स्तर फेला पारेको रुसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।



शवहरू सेप्टेम्बर १०–१७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार  तीनजना संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भइरहेको छ ।

यस हप्ताको सुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।



सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । यस घटनापछि रूसले मदिरा सम्बन्धी कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मदिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरू घट्ने गरेको जनाएको छ । 



  • प्रकाशित मिति : ११ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया