१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

वेष्ट इन्डिज विरुद्धको खेलमा ट्स हारेर ब्याटिङ गर्दै नेपाल

वेष्ट इन्डिज विरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले ट्स हारेको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको ट्समा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।


नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज विरुद्ध खेल्न लगेको हो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।



आगामी सातादेखि ओमानमा हुने आइसीसी टी-२० एसिया कप क्षेत्रीय छनोटको तयारी स्वरूप नेपालले वेष्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिज खेल्न लागेको हो ।





  • प्रकाशित मिति : ११ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया