वेष्टइन्डिज विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा जारी खेलमा ट्स हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो । ट्स जितेर वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पहिला फिल्डिङ रोजेका थिए ।
नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । यसैगरी कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।
नेपाली क्रिकेट इतिहासमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजविरुद्ध खेल्न लगेको हो । आगामी सातादेखि ओमानमा हुने आइसीसी टी–२० एसिया कप क्षेत्रीय छनोटको तयारी स्वरूप नेपालले वेष्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिज खेल्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।