२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पार्टीभित्रै तोसिमाको चुनौती- रास्वपा सम्हाल्ने आँट छ, देश बनाउन हिँडेको योद्धा हुँ, लड्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीभित्र विशेष अधिवेशनको माग गर्दै संस्थापन पक्षलाई खुला चुनौती दिएकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले जिम्मेवारी सम्हाल्ने आँट आफूमा भएको दाबी गरेकी हुन्।


‘हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्,’ कार्कीले लेखेकी छन्, ‘लाखौँ कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग।’



कार्कीले पार्टीभित्र आफ्नो आवाज उठाउँदा धम्की दिने, ‘गेट आउट’ भन्ने वा त्यसलाई मौन समर्थन गर्नेहरूलाई चेतावनीसमेत दिएकी छन्। ‘जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठाउँदा धम्की दिने र दिन लाउने, अनि टुलुटुलु हेरेर बस्नेहरूको सार्वजनिक भण्डाफोर गर्न नपरोस्,’ उनले चेतावनी नै दिएकी छन् । 

मिडिया ट्रायलमार्फत पार्टी पङ्क्तिमा भ्रम सिर्जना गर्ने प्रयास भएको दाबी गर्दै उनले प्रश्न उठाएकी छन्, ‘कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले चार बुँदाको पत्रलाई नपढी पार्टी सभापतिको विकल्प खोज्यो भनेर अतिरञ्जित गर्ने—यसरी पार्टीभित्र भ्रम छर्ने काम किन भइरहेको छ ?’



जेनजी आन्दोलनकै क्रममा प्रहरीको गोलीबीच हिँडेको अनुभव स्मरण गर्दै कार्कीले आफू धम्की वा प्रचारबाजीबाट नडराउने स्पष्ट गरिन्। ‘तिमीहरूको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन,’ उनले लेखेकी छन्, ‘देश बनाउन हिँडेको योद्धा हो, लड्छु।’



  • प्रकाशित मिति : १२ असोज, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया