विश्वभरका मानिसहरूको बदलिएको जीवनशैली विभिन्न स्वास्थ्य सम्बन्धी जोखिमहरू निम्त्याउने गरेको छ । अस्तव्यस्त जीवनशैली र खानपानमा ध्यान नदिँदा सबैभन्दा धेरै मानिसहरू मुटु रोग सम्बन्धी समस्याबाट ग्रसित हुन थालेका छन् ।
अहिले वर्षेनी मुटुको रोगबाट विश्वभरबाट करिब दुई करोड मानिसहरूले ज्यान गुमाउने गरेको तथ्य विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । जसमध्ये ६५ लाख मानिसहरू अल्पायुमै मर्ने गरेको छन् । अल्पायू भनेको ४० वर्षभन्दा कम उमेरमै मुटु रोगकै कारण मानिसहरूको निधन हुने गरेको छ । यो रोगबाट नेपाली नागरिकले पनि मुक्ति पाएका छैनन् ।
नेपालमा करिब ३० हजार मानिसहरू मुटुको रोगबाट ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कहरूले देखाउने गरेका छन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको छ । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा यसको जोखिम झन् धेरै छ ।
जसको रोकथाम गर्न लागि एकदमै जरुरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।
अहिले मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बन्दै गएको छ । पछिल्लो दुई दशकमा नेपालमा मुटु रोगको उपचार प्रणालीमा उल्लेखनीय सुधार आएको छ । हाल ९५ प्रतिशत मुटु रोगको उपचार नेपालमै सम्भव भएको छ ।
काठमाडौंलगायत प्रदेशस्तरीय अस्पतालहरूमा समेत उपचार सेवाको पहुँच विस्तार भएको छ । पहिले भारत वा बैंकक जानुपर्ने अवस्था थियो । अहिले नेपालमै जटिल शल्यक्रिया गर्न सकिन्छ ।
स्वस्थ जीवनशैलीबाट ८० प्रतिशत मुटु रोगका कारणहरू ८० प्रतिशत स्वस्थ जीवनशैलीबाट रोक्न सकिने चिकित्सकहरू बताउँछन् । धेरै मानिसहरूको उच्च रक्तचापबाट मृत्यु भइराखेको छ । तर जति उच्च रक्तचाप भएका रोगीहरू छन् । उनीहरूमध्ये जम्मा २० प्रतिशतले मात्रै उपचार गराइराखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।