२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

आप्रवासी बसोबासका लागि कडा नियम ल्याउँदै बेलायत

बेलायत सरकारले स्थायी रूपमा बस्न चाहने आप्रवासीका लागि नयाँ र कडा प्रावधान ल्याउने तयारी गरेको छ । 


प्रस्तावित योजनाअनुसार आप्रवासीहरूले रोजगार लिनुपर्नेछ, सामाजिक सुरक्षा योगदान गर्नुपर्नेछ, आपराधिक अभिलेख स्वच्छ हुनुपर्नेछ, लाभ दाबी गर्न नपाइनेछ र स्थानीय समुदायमा स्वयंसेवा गर्नुपर्नेछ ।



हालको प्रावधानअनुसार परिवारसहित पाँच वर्ष बसोबास गर्ने वा कानूनीरूपमा १० वर्षसम्म बेलायतमा रहने आप्रवासीहरू ‘अनिश्चितकालीन बिदा’ (स्थायी निवास) पाउन योग्य हुन्छन् । यस अधिकार प्राप्त गरेपछि उनीहरूले बस्ने, काम गर्ने, अध्ययन गर्ने, सामाजिक सुविधा उपयोग गर्ने र बेलायती नागरिकताका लागि आवेदन दिन पाउने सुविधा उपभोग गर्दै आएका छन् । तर, गृहमन्त्री शबाना महमुदले सोमबार सत्तारूढ लेबर पार्टीको वार्षिक सम्मेलनमा प्रस्तुत गर्ने नयाँ योजनाले यस प्रक्रियामा ठूलो परिवर्तन ल्याउने बताइएको छ ।

सरकारले वर्षको अन्त्यतिर यसबारे औपचारिक परामर्श प्रक्रिया अघि बढाउने तयारी गरेको हो । यो घोषणा विपक्षी कट्टर–दक्षिणपन्थी रिफर्म पार्टीले हालै आप्रवासीलाई हरेक पाँच वर्षमा भिसा नवीकरण गर्नुपर्ने र ‘अनिश्चितकालीन बिदा’ नै हटाउनुपर्ने प्रस्ताव अघि सारेको केही समयमै आएको हो । 





  • प्रकाशित मिति : १३ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया