१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

वेस्ट इण्डिजविरुद्ध नेपाल हाबी, आदिलले लिए तीन विकेट

यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाललाई पाँचौं सफलता पनि अलराउन्डर मोहम्मद आदिल आलमले दिलाएका छन् । टिमलाई पाँचौं सफलता तथा व्यक्तिगत तेस्रो विकेट लिनेक्रममा ११.५ ओभरमा अमिर जाङ्गोलाई १६ रनमा आउट गरे ।  


उनले ९.५ ओभरमा एकिम अगस्टेलाई १७ रनमा बोल्ड गरेका थिए । आदिलले आफ्नो पहिलो ओभरमै आक्रामक ब्याटर कायल मेयर्सलाई ६ रनमा आउट गरे । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा अलराउन्डर दीपेन्द्र सिंह ऐरी र तीव्र गतिका बलर करण केसीले क्रमशः पहिलो र दोस्रो विकेट लिएका थिए ।  



दीपेन्द्रले २.२ ओभरमा ज्वेल एन्ड्रयूलाई २ रनमा बोल्ड गरे । यस्तै, करणले ३.२ ओभरमा केसी कार्टीलाई एक रनमा क्याच आउट गराए । १ सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले यो समाचार तयार पार्दासम्म ९.५ ओभरमा ४ विकेट गुमाएर ३८ रन बनाएको छ र

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो ।  



नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट इनिङ खेले । आसिफले ४७ बलमा आठ चौका र दुई छक्कासहित अविजित ६८ रन बनाए । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो ।   

यस्तै, जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रनको पारी खेले । टी–२० आईमा उनको यो चौथो अर्धशतकीय पारी हो । साथै जोराको यो करियरकै उच्च स्कोरसमेत हो ।

आजको खेलमा उनी र आसिफबीच ६६ बलमा १ सय रनको साझेदारी बन्यो ।  

त्यस्तै, मोहम्मद आदिल आलमले ५ बलमा एक छक्का र एक चौकासहित ११ रन बनाए । वेस्ट इण्डिजका लागि अकिल होसेन र कायल मेयर्सले दुई/दुई तथा जेडिया ब्लेड्सले एक विकेट लिए । 



तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । शनिबार भएको पहिलो म्याचमा नेपाल १९ रनले विजयी भएको थियो ।

  • प्रकाशित मिति : १३ असोज, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया