जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको म्याण्डेट क्यारी गर्न सक्ने सम्भावना नरहेको बताएका छन् ।
विजयादशमी २०८२ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै बस्नेतले सरकार लोकप्रियता, स्टन्ट, बदला र प्रचारबाजीमै सीमित रहने देखिएको भन्दै सरकारमाथि थप खबरदारी कायम राख्न युवालाई सुझाव दिएका छन् ।
बस्नेतले भने, ‘वर्तमान सरकारले आन्दोलनको मर्म बुझेको छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गर्न सक्नुपर्छ । २०८४ मा हुने निर्वाचनलाई २०८२ फागुनमा गर्नका लागि यो सरकार बनाइएको हैन । यसो भयो भने आन्दोलनमाथि सबैभन्दा ठूलो धोका हुन्छ । निर्वाचनसँगै आन्दोलनको औचित्य समाप्त हुन्छ ।’
भ्रष्टाचार काण्डको छानबिन गरी कारबाही गर्ने जेनजी आन्दोलनको अर्को म्याण्डेट भएको बस्नेत बताउँछन् । सुशासनको जग बसाउन वर्तमान सरकारले निर्मम कदम चाल्न हिम्मत गर्नुपर्ने उनी बताउँछन् ।
जसको नीति उसकै नेतृत्व हुन नसकेको कारण आन्दोलनका उपलब्धि गुम्ने खतरा भएको उनको टिप्पणी रहेको छ । जेनजी युवाले नै वर्तमान सरकारको नेतृत्व गर्नुपर्ने उनको प्रस्ट धारणा रहेको छ । सेलिब्रटी सरकारले चुनौतीपूर्ण राजनीतिक नेतृत्व गर्न कठिन हुने उनको बुझाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।