यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा जारी टी–२० सिरिज युनिटी कपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीच आज अन्तिम खेल हुँदैछ । यसअघि भएका दुई खेलमा लगातार जित हात पारेको नेपाललाई आज पनि खेल जितेर ‘क्लिन स्विप’ गर्ने अवसर छ ।
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको अन्तिम खेल आज राति सवा ८ बजे शाहजाह क्रिकेट मैदानमा हुँदैछ । सोमबार लगातार दोस्रो खेल जितेको नेपालले सिरिजको उपाधि जितिसकेको छ । टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।