१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

रामेछाप-लुक्ला हवाई उडान सुरु, दैनिक ५० भन्दा बढी उडान

रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 


विभिन्न कम्पनीले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।  



मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्ज्वल गुँरागाईंले जानकारी दिए ।





  • प्रकाशित मिति : १४ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया