बंगालमा १ सय ७५ चिकित्सकले दिए सामूहिक राजीनामा

एजेन्सी– भारतीय मेडिकल एसोसियसनले १४ जुनदेखि भारतभर विरोध प्रदर्शन सुरु गरेको कार्यक्रमलाई थप संघर्षका साथ अगाडि बढाउने भएको छ । उसले १७ जुनदेखि देशभर हड्ताल गर्न चिकित्सकहरुलाई आह्वान गरेको छ । एसोसियसनले अस्पतालमा चिकित्सकविरुद्ध हुने हिंसाको जाँच गर्न कानुन बनाउने माग गर्दै यो हड्ताल आह्वान गरेको हो । एसोसियसनले यसलाई उल्लघंन गर्नेलाई कम्तिमा पनि सात वर्षको जेल सजाय हुनु पर्ने जनाएको छ । 

यो हड्ताल सुरु भएपछि पश्चिम बंगालका विभिन्न अस्पतालबाट ३ सय चिकित्सकले राजीनामा दिइसकेका छन् । तीमध्ये कोलकाताको एसएसकेएम अस्पतालका १ सय ७५ चिकित्सकहरुले सामुहिक राजीनामा दिएका छन् ।

चिकित्सकहरुले बंगालमा मुख्यमन्त्री ममता बनर्जीसँग ६ विभिन्न बुँदामा माग राखेका छन् । यसमध्ये उनीहरुको मुख्य माग चिकित्सकविरुद्धको बनर्जीको बयान कुनै सर्तविना फिर्ता हुनु पर्ने रहेको छ । उनीहरुले अस्पतालमा सशस्त्र प्रहरी हुनुपर्ने, चिकित्सकमाथि आक्रमण गर्नेलाई सजाय हुनुपर्ने लगायतका माग राखेका छन् ।

११ जुनमा बंगालको एक मेडिकल कलेजमा जुनियर चिकित्सकहरुमाथि आक्रमण भएको थियो । ममताले चाहिँ यसलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको बताएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार ३:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया