१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

हङकङ सिक्सेसमा नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानसँग खेल्ने

आसन्न संस्करणको हङकङ सिक्सेस क्रिकेट प्रतियोगिता खेल्ने टिमको टुंगो लागेको छ । नोभेम्बर ७ देखि ९ सम्म आयोजना हुने सो प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी हुने छन् ।


३३ वर्षअघि सुरु हुन लागेको यो प्रतियोगिता क्रिकेटको अनौठो प्रारूपका कारण विश्वभर चर्चित छ । छोटो ढाँचामा हुने भएकाले खेल तीव्र, रमाइलो र दर्शकमैत्री हुने गरेको छ ।



अघिल्ला संस्करणमा हङकङ सिक्सेसमा विश्व क्रिकेटका दर्जनौं स्टारले सहभागिता जनाएका थिए । र, नेपालले पनि यो प्रतियोगिता खेलिसकेको छ । नेपालले पहिलोपटक गत सिजनमा सहभागिता जनाएको थियो । 

यसपटक नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानको सामना गर्नेछ । यस्तै, भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, श्रीलंका, बंगलादेश र हङकङले पनि यो प्रतियोगिता खेल्ने छन् ।



गत संस्करणको हङकङ सिक्सेसमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा नेपालले इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो ।

क्वाटरफाइनलमा भने नेपाल श्रीलंकासँग पराजित भयो । गत संस्करणमा नेपालको कप्तानी सन्दीप जोरा तथा प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले सम्हालेका थिए ।

सिनियर टिम अन्तर्राष्ट्रिय सिरिजमा व्यस्त भएकाले नेपालले गत सिजनको हङकङ सिक्सेसमा ‘ए’ टिमका सदस्यलाई मौका दिएको थियो । यसपालि भने नेपालको प्रमुख टिमका खेलाडीले पनि हङकङ सिक्सेस खेल्ने सम्भावना बलियो छ ।  



  • प्रकाशित मिति : १४ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया