यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यी दुई टिमबीचको खेल ८ः१५ देखि शारजाह स्टेडियममा सुरु हुनेछ ।
नेपालले आजको खेलमा प्लेइङ–११ तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले तेस्रो खेलमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख र साहब आलमलाई मौका दिएको हो ।
श्रृंखलामा नेपाल अहिले २–० ले अगाडि छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो । नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ ।
यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ । नेपालले हालसम्म कुनै पनि टेस्ट राष्ट्रविरुद्धको सिरिज जित्न सकेको छैन । उता क्यारेबियन टिम सान्त्वना जित निकाल्नै क्लिन स्विप हुनबाट जोगिने संघर्षमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।