यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले पहिलो विकेटको रूपमा कुशल मल्ललाई गुमाएको छ । नेपालले पहिलो विकेट सातौं ओभरको अन्तिम बलमा गुमाएको हो ।
कुशलले आज २१ बलमा एक चौकासहित १२ रन मात्र बनाए । नेपालले आज टस हारेर ब्याटिङको निम्तो पाएको हो । तेस्रो खेलमा नेपालले प्लेइङ–११ तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले आज आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख र साहब आलमलाई मौका दिएको हो ।
श्रृंखलामा नेपाल अहिले २–० ले अगाडि छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो । नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।