लोकसेवा विज्ञापन प्रकरण : १० लाख डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

काठमाडौं– लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ ।

लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । 

लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगत देखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताए । देशभरबाट आन्दोलन शुरू गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन आग्रह समेत गरे । 

उनले भने, ‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरूलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरू सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको बताए । 

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने,‘यस्ता कदम युवाविरोधी हुन् ।’

अभियन्ता पदमबहादुर खत्रीले आफूहरू समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाए । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १०:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया