१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपालको पाँचौं विकेट गुम्यो, आरिफ शेख पनि सस्तैमा आउट

यूएईमा जारी वेस्ट इण्डिजविरुद्धको टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटको रूपमा आरिफ शेखलाई गुमाएको हो ।


जारी सिरिजमा पहिलो म्याच खेलेका उनी ६ रनमै आउट भए । 



नेपालले चौथो विकेटको रूपमा गुलशन झालाई गुमायो । उनी १३.५ ओभरमा १० रनमा रनआउट भए । नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । 

उनले आज १९ बलमा एक चौकासहित १७ रन मात्र बनाए । रोहितलाई १२.२ ओभरमा रामोन सिमन्ड्सले आउट गरेका हुन् । १६ रनमा जीवनदान पाए पनि रोहितले त्यसको सदुपयोग गर्न सकेनन् ।  



नेपालले दोस्रो विकेटको रूपमा कुशल भुर्तेललाई गुमायो । उनले आज २९ बलमा तीन छक्का र दुई चौकासहित ३९ रन बनाए । 

कुशल ९.५ ओभरमा अकिल होसेनको बलमा क्याच आउट भए । नेपालले पहिलो विकेटको रूपमा कुशल मल्ललाई गुमायो । नेपालले पहिलो विकेट सातौं ओभरको अन्तिम बलमा गुमाएको हो । 

कुशलले आज २१ बलमा एक चौकासहित १२ रन मात्र बनाए । नेपालले आज टस हारेर ब्याटिङको निम्तो पाएको हो । तेस्रो खेलमा नेपालले प्लेइङ–११ तीन खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आज आसिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख र साहब आलमलाई मौका दिएको हो ।



श्रृंखलामा नेपाल अहिले २–० ले अगाडि छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः १९ रन र ९० रनले जितेको थियो । नेपाली टिम तेस्रो खेल पनि जितेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । यदि यो खेल जितेमा नेपालले अर्को इतिहास रच्नेछ । 

  • प्रकाशित मिति : १४ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया