भारतको दक्षिणी राज्य तमिलनाडुमा निर्माणाधीन थर्मल पावर परियोजनाको एक भागमा खम्बा ढलेर दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
दुर्घटना तमिलनाडु राज्यको राजधानी चेन्नईमा भएको र सबै मृतकहरू उत्तर–पूर्वी राज्य आसामका मजदुर रहेको प्रहरी जनाएको छ ।
मजदुर २० फिटभन्दा बढी उचाइमा काम गरिरहेका अवस्थामा चाप निर्माणका लागि लगाइएको फलामको खम्बा अचानक ढलेरे दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।
मङ्गलबार राति निर्माणाधीन १ हजार ३२० मेगावाट एन्नोर विशेष आर्थिक क्षेत्र (सेज) थर्मल पावर परियोजनामा दुर्घटना भएको बताइएको छ ।
घाइते कामदारको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।