बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दसैँलाई बडादसैँ, दशहरा, विजया दशमी आदि नामले बुझ्ने गरिन्छ ।
खास गरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो हिन्दुहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड पनि हो ।
हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठुलाबडा मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गरेको पण्डित उत्तम न्यौपाने बताउँछन् । उनले रातो क्रान्तिको प्रतीक, शान्तिको प्रतीक अमरत्वको प्रतीक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।
बडादसैँलाई विजया दशमी भन्नुमा तीन चार वटा विषयवस्तुहरूले यसलाई परिपूर्णता दिएको छ । एउटा नवरात्र प्रारम्भ भएदेखि नै नौ दिन पर्यन्तसम्म आमाको उपासना जसलाई आधा जगत् जननी माँ दुर्गाकाली विभिन्न स्वरूपमा र अष्टमीका दिनमा महाकाली, महालक्ष्मी, महासरस्वतीका स्वरूप पूजा गर्छौँ । नवमीका दिनमा सिद्धिधात्री को रूपमा पूजापाठ गरिन्छ।
सप्तमीलाई कालरात्रीको रूपमा गरिन्छ । छैटौँ दिनलाईकात्यनी माँ को रूपमा पूजा गर्ने गरिन्छ । क्रमिक रूपमा अलक अलक माताहरुको अलग–अलग स्वरुपलाईपुजा पाठ र आराधना गरिन्छ । जहाँ दैत्यरुपी देवताहरुलाई दैत्यहरूले जब दुःख दिए, पीडा दिए, इन्द्रलाई अमरावतीको आसन छिनिए । त्यसपछि इन्द्रले तपस्या गर्नुभयो । जहाँ रावणले हरण गर्न खोजे, अथवा सीतालाई हरण गर्न खोजियो । पछि रामचन्द्र भगवानले मातालाई आराधना गर्नुभयो। दुर्गालाई मातालाई आराधना गर्नुभयो।

त्यस्तै माता पार्वतीलाई शिवजीले शक्ति स्वरूपा माताकै आराधना गर्नको कारणले गर्दा विजयश्री प्राप्त हुनेछ भनेर नौ दिन पर्यन्तसम्म देवीको आराधना गरेर दसौँ दिनमा रावणलाई वध गरिएको, चण्ड–मुण्ड–प्रचण्ड नाम गरेका दानवलाई माता दुर्गाले वध गरेर विजयउत्सव गरेको कारणनै हर्षोलासका साथ टीका, प्रसाद र जमारा ग्रहण गरिएको हो । अनि मिठो मसिनो चिजहरू खाने, पिङ खेल्ने रमाइलो गर्ने, आनन्द लिने ठूलाबडाबाट आशिर्वाद लिनु नै विजयको प्रतीकको रूपमा विजय उत्सवका रूपमा विजयादशमी मानिएको हो ।
टीका पछाडिका कोजागत पूर्णिमा आउने दिनहरूसम्मलाई पाँच दिनसम्म पञ्चतत्वको स्वरूप जसलाई पृथ्वी, जल, तेज, वायु, आकाशलाई नवदुर्गाका रूपमा आराधना गरेका हुन्छौं । दशमीदेखि पाँच दिनलाई नै पञ्चतत्वको स्वरूपका रूपमा पूजा गर्ने गर्छौँ। पाँचै देवतालाई त्यही स्वरूप मान्दै अन्तिम दिनमा जहाँ पूर्णिमाको दिन रहन्छ पूर्णिमाको दिनमा लक्ष्मीको आराधना गर्ने भएकाले पाँच दिन ठूलाबडाहरुको घरमा जाने चलन छ ।
रातो टीकाको महत्त्व
रातो एक त क्रान्तिको प्रतीक हो । शान्तिको प्रतीक, अमरत्वको प्रतीक एक अटल सौभाग्यको प्रतिकका रूपमा सेतोलाई मानिन्छ । तसर्थ विजयको रूपमा त रातो धारा लगाउनुपर्ने चलन छ ।पहिले अबिर नहुँदाको अवस्थामा भारतबाट अबिर आएपछि रातोको प्रचलन पनि आएको हो ।
पहिला सेतो दहीमा मुछेर चामल लगाउने प्रचलन थियो। चामल लक्ष्मीको प्रतीकको रूपमा मानिन्छ। जल तत्त्वको प्रतीकको रूपमा मानिन्छ। अन्न स्वयं भगवान् कृष्णको प्रतीकको रूपमा मानिन्छ। भगवान् शिवको रूपमा दुर्गा माँ कालीको रूपमा मानिन्छ। जसका कारण चामलमा दही मुसेर टीकालगाउने प्रचलन छ ।खुशी, उत्साह र उमंगका लागि रातोको प्रचलन सुरु भएको हो । दसैँमा रातो लगाउँदा पनि उत्तिकै आनन्दको महसुस हुन्छ भने सेतो लगाउँदा पनि मनमा शान्ति मिल्छ भन्ने विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।