७ अक्टोबर सन् २०२३ देखि गाजापट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २ सय ५४ पुगेको छ ।
एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भए पछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २ सय ५४ पुगेको जनाएको हो ।
कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घ र विश्वभरिका सबै पत्रकार सङ्गठनहरूलाई गाजा पट्टीमा पत्रकार र मिडिया व्यवसायीविरुद्धको यी ‘व्यवस्थित अपराध’ को निन्दा गर्न आह्वान गरेको छ ।
यसले नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशेवरको सुरक्षा गर्न र हत्याको अन्त्यको ‘गम्भीर र प्रभावकारी दबाब’ का लागि पनि सम्बन्धित पक्षलाई सहयोगका लागि आह्वान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।