अब झुटो किताब लेख्छु : नवाजुद्धिन सिद्धिकी

एजेन्सी–भारतीय चर्चित अभिनेता नवजुद्धिन सिद्धिकीले गत वर्ष आफ्नो बायोग्राफी’ ‘एन  अर्डनरि लाइफ’ प्रकाशित गरेका थिए तर, चौतर्फी आलोचना हुन थालेपछि उनले आफ्नो पुस्तक फिर्ता लिएका थिए । 

आफ्नो आत्मकथा फिर्ता लिनु परेकोमा नवाजले भने, ‘म फेरि पुस्तक लेख्ने छु र यस पटक सबै कुरा झुटो लेख्छु । सबैले मेरो पुस्तक पढ्ने छन् किनकी अहिले म चर्चित भइसकेको छु, पुस्तक पढिसकेपछि सबैले मेरो गुनगान पनि गाउने छन् किनकि फेमस मान्छेले लेखेका किताब सबैले पढ्छन् ।’
नवाजुद्धीन अहिले फिल्मका कारण अहिले निकै चर्चामा छन् ।

आफुले धेरै मिहेनत गरेर लेखेको पुस्तक फिर्ता लिनु परेकोमा आफुलाई साह्रै नराम्रो लागेको कुरा उनले भारतीय सञ्चारमाध्यमसँग बताएका छन् । 

नवाजुद्धीनले भने, ‘२०९ पृष्ठको पुस्तकमा चार पाँच पृष्ठमा मात्रै मैले आफ्नो रिलेशनशिपको बारेमा लेखेको छु । मैले यो पुस्तकमा उनको पनि नाम लिएको छु, त्यो मेरो गल्ति नै हो र म स्वीकार पनि गर्छु । मैले गल्ती स्वीकार गरेर नाम पनि फिर्ता लिए । यसको अलावा २०४ पृष्ठमा मैले आफ्नो संघर्षको कुरा लेखेको छु । मैले यो ठाँउसम्म आइपुग्नका कति दुख गरे र एउटा गाउँबाट कसरी यहाँसम्म आइपुगे भन्ने कुराको चर्चा गरेको छु । म जस्तो अभिनेता हुँ, त्यहि कुरा त्यहाँ जस्तोको तेस्तै लेखेको छु । मैले उक्त पुस्तकको कुनै पनि पृष्ठमा आफ्नो महिमा र गुनगान गाएको थिइन ।’

नवाज भन्छन, ‘नराम्रा शब्दको प्रयोग गरेर मैले आफ्नो बारेमा लेखेको थिए ।  पुस्तक अंग्रेजीमा भए पनि एकदमै सत्य र प्रस्ट कुरा लेखेको थिए । मैले आफु कस्तो मान्छे थिए भनेर सबैले सहजै थाहा पाउन सकुन भनेर आफ्ना बारेमा सबै कुरा प्रस्ट पारेको थिए । म एउटा धेरै नराम्रो ठाँउबाट आएकले म भित्र धेरै नराम्रा विचार छन् । मेरा यी तमाम कुरा ध्यान नदिएर ती चार पाँच पृष्ठमा भएको कुरालाइ मात्र मुख्य मुद्धा बनाएर सनसनी मच्याइयो । 

फिल्म ‘मन्टो र ठाकरे’ बाहेक नवाज यी दुवै आफ्नो फिल्म ‘न्यु लव इन रोम’ र सुपरस्टार रजनिकान्तसँग एक अर्को फिल्ममा व्यस्त छन् । 



रजनिकान्तको तारिफ गर्दै उनले रजनिकान्त संसारकै ठुलो सुपरस्टार भएको बताए । ठुलो  सुपरस्टार भए पनि कहिल्यै आफ्नो प्रख्यातीमा घमण्ड नगर्ने रजनिकान्तलाई सबैले मन पराउनेमा उनि विश्वस्त देखिन्थे । 

सिद्दिकीले भने– जीवन म यस्ता मान्छेहरु पनि देखेको छु, जो आफुलाई अरु सामु सुपरस्टार भएको कुरा भन्न मरीमेटी गर्छन् । अरु सुपरस्टार र रजनिकान्तमा यहि अन्तर छ । 



आफनो दमदार अभिनय देखाएर छुट्टै पहिचान बनाइसकेका नावाजलाई कुनै पनि अवार्डको मतलव छैन । नवाज भन्छन, ‘म अवार्ड पाउनका लागि चलचित्र गर्दिन र मलाई यो पनि राम्रोसँग थाहा छ कि मलाई राष्ट्रिय अवार्ड मिल्दैन भनेर । त्यसैले पनि मलाई कुनै अवार्डको लालच छैन ।’

  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १३:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया