१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

गोरखा बजार र ऐतिहासिक गोरखा दरबार

गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हो । यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १ हजार ४५० मिटरको उचाइमा अवस्थित छ । 


यस दरबारबाटै आधुनिक नेपालको एकीकरणको थालनी भएको हो । दरबार परिसरमा कालिका मन्दिर, गोरखनाथ मन्दिर र पुरानो राजदरबार (गोरखा दरबार) अवस्थित छन् । 



यो दरबार पहाडको टाकुरोमा रहेको हुँदा यहाँबाट गोरखा बजार, हिमालहरू र वरपरका दृश्यहरू अवलोकन गर्न सकिन्छ। गोरखा बजार गोरखा जिल्लाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हो । यो बजार गोरखा दरबारभन्दा तल अवस्थित छ ।

 





तस्बिरहरू : टार्जन लिम्बु

  • प्रकाशित मिति : १७ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया