१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

बजेट अभाव हुँदा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम स्थगित

मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सुरु गरेको छोरी शिक्षा बीमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो ।


शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियकां यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताइन् । उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ । 



निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/०८० मा तीन हजार ३०२ र आव २०८०/०८१ मा तीन हजार ७८३ जना छोरीको बीमा गरिएको थियो ।

कार्यक्रम अन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन् । उनका अनुसार एक जना छोरीको बीमा गर्दा ३७ हजार ४५७ प्रिमियम तिर्नुपर्छ ।





  • प्रकाशित मिति : १७ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया