१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन- विपद् जोखिम नियन्त्रण र उद्धारमा सक्रिय हुनू
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम बढेको भन्दै जनसमुदायलाई सतर्क रहन अपील गरेका छन् । 


उनले जोखिमयुक्त क्षेत्रमा रहेका सबै नागरिकलाई आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहन आग्रह गरेका छन् । साथै, तीनै तहका सरकारलाई विपद् पूर्वतयारी र प्रतिकार्यमा सक्रिय भूमिका खेल्न पनि अनुरोध गरेका छन् । 



प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनतासँगै रहँदै जोखिम नियन्त्रण र उद्धारका काममा सक्रियतापूर्वक जुट्न पनि निर्देशन दिएका छन् । 





  • प्रकाशित मिति : १७ असोज, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया