१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

मुग्लिन-नारायणगढ र मुग्लिन-नागढुंगा सडक खण्डमा आवागमन सुचारु, जोखिम भने कायमै

अविरल वर्षासँगै खसेका पहिरो हटाइएसँगै मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्डमा सवारी आवागमन सुचारु भएको छ।


मुग्लिन–नारायणगढ खण्ड अन्तर्गत तुईन खोला पुल नजिकै खसेको पहिरो हटाएपछि यातायात दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तर, अझै पनि लगातार पानी परिरहेको र उक्त खण्ड उच्च जोखिम भएकाले अति आवश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ। 



यात्रामा निस्कनै परे सम्बन्धित निकायसँग समन्वय गर्न प्रहरीको आग्रह छ।

यस्तै, मुग्लिन–नागढुंगा सडकखण्डको धादिङस्थित जवाङ खोलामा खसेको पहिरो पनि हटाइएसँगै अहिले यातायात सहज रूपमा सञ्चालन भइरहेको छ। 





  • प्रकाशित मिति : १८ असोज, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया